PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

धनगढीको बैयाबेहडीमा विस्फोट, मतदान जारी



पहिलोपोस्ट

धनगढीको बैयाबेहडीमा विस्फोट, मतदान जारी

कैलाली : कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित शारदा मावि बैयाबेहडी नजिकै विस्फोट भएको छ। मतदान केन्द्र बाहिर विस्फोटक पदार्थ पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले बताए।

विस्फोटक पदार्थ पड्किएको तर कुनै क्षति भने नभएको जोशीको भनाइ छ। घटना लगत्तै नेपाली सेनाको टोली पनि पुगिसकेकाले अहिले स्थिति सामान्य रहेको प्रवक्ता जोशीले बताए।

अहिले उक्त क्षेत्रमा शान्तिपूर्ण तरिकाले मतदान जारी रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell