PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

कास्कीमा मतपेटिका फुटाएपछि रोकिएको मतदान सुरु



पहिलोपोस्ट

कास्कीमा मतपेटिका फुटाएपछि रोकिएको मतदान सुरु
File Photo

पोखरा : कास्की क्षेत्र नं ३ क मा पर्ने माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका छन्।

वडा ९ बस्ने ३२ वर्षीय सूर्य परियारले पौने ११ बजे आफूले मतदान गरेपछि मतपेटिका उचालेर भुइँमा बजार्दा मतदान रोकिएको थियो।

परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी निरीक्षक समिक्ष घिमिरेको टोलीले नेतृत्वमा लिएको छ।

सवा ११ बजे मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell