PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

सामान्य विवादमा मतदान स्थगित नगर्नु, रोक्नु परे पूर्वसहमति अनिवार्य : निर्वाचन आयोग



पहिलोपोस्ट

सामान्य विवादमा मतदान स्थगित नगर्नु, रोक्नु परे पूर्वसहमति अनिवार्य : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले सामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ। आज देशभर बिहान ७ बजेबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान हुँदैछ। केही क्षेत्रमा मतदान स्थगति भएको खबर आएसँगै निर्वाचन आयोगले  मतदान स्थगित नगर्न निर्देशन दिएको हो।

'मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सूचारु गर्ने र साँझ ५ बजेसम्म स्थिगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ,' आयोगले भनेको छ।

यस्तै, निर्वाचन आयोगले मतदान स्थगित गर्नुपर्ने भए निर्वाचन आयोगको पूर्व सहमति लिनुपर्ने जनाएको छ।

आज रौतहटको क्षेत्र नम्बर ३ स्थित कनकपुर र पोठियाहि मतदान केन्द्र बाहिर हवाइ फायर भएको थियो। मतदान केन्द्र बाहिर त्यहाँ रहेका दुई पार्टीका नेता कार्यकर्ताहरुबिच झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाइ फायर गरेको रौतहटका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिएका छन्। स्थिति तनावग्रस्त भएपछि केहीबेरका लागि मतदान रोकिएको थियो।

उनका अनुसार विवाद गरेका समूहले मतदान केन्द्रभित्र जबरजस्ती प्रवेश गर्न थालेपछि प्रहरीले उनीहरुलाई रोक्न हवाइ फायर गरेको हो। एसपी बुढामगरले बताए अनुसार अहिले त्यहाँको अवस्था सामान्य छ भने मतदान पुनः सञ्चालन भएको छ।

यस्तै, कास्की क्षेत्र नं ३ क मा पर्ने माछापुच्छ्रे गाउँपालिका ८ तारेबराह आधारभूत विद्यालय लुम्रे मतदान केन्द्रमा नेकपा बहुमतका एक कार्यकर्ताले मतपेटिका फुटाएका थिए।

वडा ९ बस्ने ३२ वर्षीय सूर्य परियारले पौने ११ बजे आफूले मतदान गरेपछि मतपेटिका उचालेर भुइँमा बजार्दा मतदान रोकिएको थियो। परियारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी निरीक्षक समिक्ष घिमिरेको टोलीले नेतृत्वमा लिएको छ।

अहिले मतदान सुरु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell