PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

अहिलेसम्म ३२ प्रतिशत मत खस्यो, छिटपुट ठाउँ बाहेक अन्य स्थानमा शान्तिपूर्ण मतदान : निर्वाचन आयोग



पहिलोपोस्ट

अहिलेसम्म ३२ प्रतिशत मत खस्यो, छिटपुट ठाउँ बाहेक अन्य स्थानमा शान्तिपूर्ण मतदान : निर्वाचन आयोग

काठमाडौ : निर्वाचन आयोगले अहिलेसम्म ३२ प्रतिशत मत खसेको जनाएको छ। पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम पौडेलले आज दिउँसो १२ बजेर ४५ मिनेटसम्म ३२ प्रतिशत मत खसेको जानकारी दिएका हुन्।

त्यस्तै छिटफुट ठाउँमा बाहेक अन्य ठाउँमा शान्तिपूर्णरुपमा निर्वाचन भएको प्रवक्ता पौडेलले जानकारी दिए। केही कारणले स्थगित भएका निर्वाचनमा संचालन भएको प्रवक्ता पौडेलले बताए।

बाजुराका केही स्थानमा मतदान प्रभावित भएको र त्यो पुन: संचालन हुन नसकेको आयोगले जनाएको छ। यसअघि आयोगले सामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ। आज देशभर बिहान ७ बजेबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि मतदान हुँदैछ। केही क्षेत्रमा मतदान स्थगति भएको खबर आएसँगै निर्वाचन आयोगले  मतदान स्थगित नगर्न निर्देशन दिएको हो।

आज बिहान ७ बजेदेखि प्रतिनिधि र प्रदेशसभाको निर्वाचन भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell