PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

जर्मनीका फुटबल खेलाडीले नेपालको चिल्ड्रेन भिलेजलाई १३ करोड रुपैयाँ बढीको सहयोग गर्ने



पहिलोपोस्ट

जर्मनीका फुटबल खेलाडीले नेपालको चिल्ड्रेन भिलेजलाई १३ करोड रुपैयाँ बढीको सहयोग गर्ने
Photo: Reuters

जर्मनीको राष्ट्रिय फुटबल टोलीले नेपाललाई १ मिलियन यूरो (१३ करोड ५० लाख बढी नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ। जर्मन सञ्चारमाध्यम डिडब्लुका अनुसार जर्मनीका खेलाडीले १३ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम नेपालको 'चिल्ड्रेन्स भिलेज' लाई सहयोग गर्ने भएका हुन्।

विभिन्न विवादमा तानिएको फिफा विश्वकप आजबाट कतारमा सुरु हुँदैछ। विवादमा तानिनुमध्येको एउटा मुख्य कारण भनेको आप्रवासी कामदारको मानवअधिकार हनन गरेको भन्ने हो।

फेब्रुअरी २०२१ मा द गार्डियनले एक रिपोर्ट प्रकाशित गरेको थियो। जसअनुसार कतारले विश्वकप आयोजनाको जिम्मेवारी पाएयता भारत, पाकिस्तान, बंगलादेश, नेपाल र श्रीलंकाका गरि ६५०० आप्रवासी कामदारको मृत्यु भइसकेको छ। उक्त रिपोर्ट ती देशहरुको राजदुतावासले दिएको आँकडाको आधारमा भएको दाबी गरिएको थियो।

जर्मनीको टोलीको कप्तान म्यानुअल नेउरलाई उदृत गर्दै भनिएको विज्ञप्तिमा भनिएको छ: त्यहाँ धेरै आप्रवासी कामदारहरू छन् जो सबै देशहरूमा यात्रा गर्छन्। एसओएस चिल्ड्रेन्स भिलेजसँग बच्चाहरूलाई सहयोग गर्नु राम्रो कुरा हो। यो दिगो छ किनभने हामी त्यो अर्को पाँच वर्षको लागि गर्न जाँदैछौं।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell