PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

मतदाता परिचयपत्र छ तर मतदाता नामावलीमा नाम भेटिएन? आयोगले भन्यो : तत्काल फोन गर्नुस्



पहिलोपोस्ट

मतदाता परिचयपत्र छ तर मतदाता नामावलीमा नाम भेटिएन? आयोगले भन्यो : तत्काल फोन गर्नुस्

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान जारी छ। बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको हो।

केही स्थानमा मतदान रोकिए पनि अधिकांश ठाउँमा शान्तिपूर्वक मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ। आज मतदान गर्ने संख्या गएको निर्वाचनभन्दा कम रहेको बताइन्छ।

जनकपुर लगायत केही स्थानमा मतदाता परिचयपत्र भएको तर मतदाता नामावलीमा नाम नभएको घटना सार्वजनिक भएका छन्। जसकारण मतदाताहरुले मतदान गर्न पाएका छैनन्।

निर्वाचन आयोगले यस्तो घटना भएमा सम्पर्क गर्न अनुरोध गरो छ। मतदाता नामावलीमा नाम नभेटिए ततल्का निर्वाचन आयोगको नि:शुल्क टोल फ्रि नम्बरमा ११०२ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

'मतदान गर्ने प्रयोजनका लागि मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टर को निःशुल्क टोल फ्री नम्बर ११०२ मा फोन गर्न सकिनेछ,' आयोगले भनेको छ।

आयोगले आज बेलुकी ५ बजे सम्मका लागि मतदानको समय तोकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell