PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

उत्साही देखिएन्न मतदाता : पोखराका मतदान केन्द्रमा उपस्थिति न्यून



पहिलोपोस्ट

उत्साही देखिएन्न मतदाता : पोखराका मतदान केन्द्रमा उपस्थिति न्यून

पोखरा : आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतदान हुँदैछ। नयाँ नेतृत्वको चयनको लागि बिहानदेखि देशैभर मतदान जारी छ। निर्वाचन आयोगले बेलुकी ५ बजे सम्मका लागि मतदानको समय तोकेको छ।

पोखरामा पनि शान्तपूर्ण ढंगले मतदाताहरु मतदान गरिरहेका छन्। तर, मतदातामा भने उत्साह देखिएको छैन।

कास्कीमा १५० मतदानस्थल र ३४४ वटा मतदान केन्द्र छन्। मतदान केन्द्रमा मतदाताको संख्या न्यून छ।

देशभर नै न्यून मतदान भइरहेको अवस्थामा पोखरामा पनि मतदाताको संख्या थोरै भएको हो।

यस्तै कास्कीमा २ लाख ९१ हजर ५६८ मतदाता छन्। कास्कीका केही मतदान केन्द्रमा मतदाताको संख्या गन्य बराबर थियो। मतदान केन्द्रमा पुरुषको भन्दा महिलाको उपस्थिति धेरै हुँदा युवा मतदाता नगन्य थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell