PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

निर्वाचनमा उत्साही देखिए महिला मतदाता



पहिलोपोस्ट

निर्वाचनमा उत्साही देखिए महिला मतदाता

पोखरा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत आज पोखरामा शान्तिपूर्ण तरिकारले मतदान जारी छ। पोखराका अधिकांश मतदान केन्द्रमा मतदाताको उयपस्थिति न्यून छ। तर, महिला मतदाताले भने निर्वाचनमा उत्साहपूर्ण रुपले उपस्थिति जनाएका छन्। 

कास्कीमा पुरुषभन्दा महिलाको मतदाताको संख्या बढी रहेर पनि मतदान केन्द्रमा महिला मतदाताको उत्साहपूर्ण उपस्थिति देखिएको हो।

८४ वर्षकी पदमा देवी पराजुलीदेखी युवा महिला मतदाताले आफनो मताधिकार प्रयोग गरेकोमा खुशी सुनिन्छन्। कुल २ लाख ९१ हजर ५६८ मतदाता रहेको कास्कीमा १ लाख ५२ हजार ६५० महिला र १ लाख ३९ हजार ४२ जना पुरुष मतदाता छन्। यस्तै कास्कीमा ४ जना अन्य मतदाता छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell