PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

१५ वटा मतदान केन्द्रमा मतदान रोकियो, पुन: संचालन गराउन पहल गर्दै आयोग



पहिलोपोस्ट

१५ वटा मतदान केन्द्रमा मतदान रोकियो, पुन: संचालन गराउन पहल गर्दै आयोग

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत १५ मतदान केन्द्रमा मतदान रोकिएको छ। दिउँसो साढे ३ बजे सम्म अरु सबै ठाउँमा सामान्य रुपमा मतदान भइरहेको भए पनि १५ वटा निर्वाचन केन्द्रमा भने रोकिएको हो

मतदान रोकिएको स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको निर्वाचन आयोगले जनाएको छ।

'१५ वटा मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ। यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य संचालन गर्ने प्रयास भइरहेको छ,' आयोगले भनेको छ।

यसअघि आयोगले मतदान स्थगित गर्नु परेमा आयोगसँगको छलफल पछि मात्रै गर्न निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको थियो। आज बिहान ७ वजे सुरु भएको मतदान अहिले ५ बजेसम्म जारी रहने छ। मतदान सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ। प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रमै मत गणना स्थल तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell