PahiloPost

Jan 23, 2026 | १० माघ २०८२

चापाकोटमा र गल्याङमा एक राउन्ड हवाइफायर : डेढ घण्टापछि मतदान सुरु



पहिलोपोस्ट

चापाकोटमा र गल्याङमा एक राउन्ड हवाइफायर : डेढ घण्टापछि मतदान सुरु

स्याङ्जा : स्याङ्जाको दुई मतदानस्थलमा विवाद हुँदा एक राउन्ड हवाइफायर भएको छ। स्याङ्जाको चापाकोट नगरपालिका -१ को भानु मावि केन्द्रको मतदान केन्द्रमा नेकपा एमालेका प्रतिनिधि वडा सदस्य सन्तोष थापाले काङ्ग्रेसका प्रतिनिधि भरत वोस्तीलाई कुटपिट गरेको भन्दै विवाद भएपछि डेढ घण्टा मतदान अवरुद्ध भएको थियो।

जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रमुख गंगाबहादुरका अनुसार विवादमा मतपेटिका भिडमा परेपछि एक राउन्ड हवाइ फायर भयो। उनका अनुसार भर्खर मात्र विवाद मिलेपछि मतदान पुन: सुरु भएको छ।

यता स्याङ्जाकै गल्याङ नगरपालिका ७ मनहरी खर्कामा पनि विवाद हुँदा एक राउन्ड हावाफायर भएको थियो। पछि, विवाद मिलेपछि दुबै स्थानमा मतदान सुरु भएको छ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जिल्लामा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान चलिरहेको बताए। उनका अनुसार मुस्ताङमा अहिले ६६ प्रतिशत मत खसेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell