PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मतदानका लागि तोकिएको समय सकियो, १५ ठाउँमा तत्कालका लागि रोकियो



पहिलोपोस्ट

मतदानका लागि तोकिएको समय सकियो, १५ ठाउँमा तत्कालका लागि रोकियो

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्धारित समय सकिएको छ। आइतवार बिहान ७ बजेदेखि अपरान्ह ५ बजे सम्मका लागि मतदानको समय तोकिएको थियो।

केहि ठाउँमा भने मतदान रोकिएकाले फेरि सुरु हुँदा समापन हुन समय लाग्नेछ। यस्तै विभिन्न १५ ठाउँमा मतदान रोकिएको निर्वाचन आयोगले जनाएको छ। रोकिएका ठाउँमा फेरि मतदान सुरु गर्न पहल भइरहेको छ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि आज एकै चरणमा मतदान तोकिएको थियो। प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ र समानुपातिकमा ११० तथा प्रदेश सभाका प्रत्यक्षतर्फ ३०० र समानुपातिकमा २२० जनाका लागि निर्वाचन भएको हो। निर्वाचन सकिएपछि निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका जम्मा गरेर मत गणना सुरु गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell