PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

काठमाडौं-३ को मतपेटिका चामुण्डा माध्यमिक विद्यालयमा लगिने, भोलि बिहानमात्रै मतगणना सुरु हुने



पहिलोपोस्ट

काठमाडौं-३ को मतपेटिका चामुण्डा माध्यमिक विद्यालयमा लगिने, भोलि बिहानमात्रै मतगणना सुरु हुने

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा तर्फको मतदान प्रक्रियका लागि तोकिएको समय सकिएको छ। अहिले मतदान केन्द्रहरुमा मतपेटिका शिलबन्दी गर्ने कार्य भइरहेको छ। मतगणना सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय वा तोकिएको स्थानमा हुनेछ। र, छलफलपछि मतगणनाबारे टुंगा लाग्नेछ। 

काठमाडौं-३ मा भने सोमबार बिहानमात्र मतगणना हुने भएको छ। काठमाडौं-३ मा आज निर्वाचन सकिएपछि सबै प्रक्रिया पूरा गरेर सोमबार बिहान ७ बजेमात्र मतगणना सुरु गर्ने सहमति सर्वदलीय बैठकमा भएको निर्वाचन अधिकृत शाहीले जानकारी दिए। सोमबार बिहान ७ बजेपछि मतगणना नसकिएसम्म निरन्तर गणना भइरहने उनले बताए।

विगतका संसदीय निर्वाचनमा सबै क्षेत्रको कार्यालय राष्ट्रियसभा गृहमा राख्ने गरिएको थियो। यस वर्ष सबै क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय छुट्टाछुट्टै राखिएको छ। मतगणना पनि सबै क्षेत्रमा गरिनेछ।

काठमाडौं-३ को मतगणना यसपटक चामुण्डा माध्यमिक विद्यालयमा गर्ने गरी तयारी गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको छ। एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने जानकारी पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समानुपातिकको पनि मतगणना सकेरमात्र मत यो क्षेत्रको निर्वाचनको प्रतिवेदन बुझाइने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell