PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मतपेटिका खोस्न आएपछि बाजुरामा सुरक्षाकर्मीले चलाए गोली, एक जनाको मृत्यु



पहिलोपोस्ट

मतपेटिका खोस्न आएपछि बाजुरामा सुरक्षाकर्मीले चलाए गोली, एक जनाको मृत्यु

कैलाली : बाजुरामा मतदानको विषयमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा प्रहरी र स्थानीय बिच झडप हुँदा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोला रावलले जानकारी दिए।

‘एक जनाको मृत्यु भएको छ। को हुन् भन्ने पुष्टि हुन बाँकी छ,’ रावलले भने।

केही व्यक्तिले मतपेटीका खोस्न आएपछि झडप भएको  उनको भनाइ छ। जिल्लाका ४-५ ठाउँमा रहेको मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेका उनले बताएका छन्।

यस्तै, सोही घटनामा दुईजना घाइते भएका छन्। नेपाली सेनाको हेलिकप्टर मार्फत घाइतेहरुको उद्धार हुन लागिरहेको जनाइएको छ।

आयोगले निर्धारण गरेको मतदानको समय सकिएको छ। यद्यपि, बाजुरा लगायत १५ स्थानमा मतदान स्थगित भएको आयोगले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell