
बुटवल : नवलपरासी पूर्वको देवचुली-४ स्थित शान्ती श्रृजना मतदान केन्द्रको मतपेटिकामा आगजनी भएको छ।
प्रदेश सभातर्फको समानुपातिक मत रहेको मतपेटिकामा आगजनी भएको जिल्ला निवार्चन कार्यालयका प्रमुख लालप्रसाद भुसालले जानकारी दिए।
आगजनी गर्ने देवचुली ४ का नारायण भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। मतपेटिकामा आगजनी गरेपछि भण्डारी भागेका थिए।
उनलाई मतदान केन्द्रभन्दा करिब २ किलोमिटर टाढाबाट प्रहरीले पकाउ गरेको हो। भण्डारीले तीन वटा मतपत्र खसालीसकेपछि चौथौ अर्थात प्रदेशतर्फको समानुपातिक मतपत्र हाल्ने बेलामा मतपेटिकामा एसिड हालेर जलाएका थिए।