PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

रूपन्देहीमा ६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुँदै



पहिलोपोस्ट

रूपन्देहीमा ६६ प्रतिशत मत खस्यो, मतपेटिका संकलन हुँदै

बुटवल : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत आज भएको मतदानमा रूपन्देहीमा ६६ प्रतिशत मत खसेको छ। रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्याप्रसाद भण्डारीले ६६ प्रतिशत मत खसेको जानकारी दिए।

प्रतिनिधिसभातर्फ ५ र प्रदेश सभातर्फ १० निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा मतदान सकिएर मतपेटिका संकलनको कार्य सुरू भएको भण्डारीले बताए। मतपेटिका मतगणनास्थलमा जम्मा भएसँगै सर्वदलीय बैठकपछि मतगणना सुरु हुनेछ। 

रुपन्देहीमा कूल ६ लाख ३२ हजार ३६० मतदाता छन्। जसमध्ये पुरुष ३ लाख २३ हजार ७७८, महिला ३ लाख ८ हजार ५७४ र अन्य ८ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell