PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

संघीय संसद भवनमा ल्याइयो काठमाडौं-१ को मतपेटिका, राति ९ बजेबाट मतगणनाको तयारी

संघीय संसद भवनमा ल्याइयो काठमाडौं-१ को मतपेटिका, राति ९ बजेबाट मतगणनाको तयारी

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौंमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सकिएको छ। मतदानको निर्धारित समय सकिएपछि अहिले मतपेटिका मतगणनास्थलतर्फ लगिँदैछ।

काठमाडौं-१ को मतगणना बानेश्वर स्थित संघीय संसद भवनमा हुँदैछ। अहिले मतदान केन्द्रहरुबाट मतपेटिका संसद भवनमा ल्याउने काम भइरहेको छ। काठमाडौं-१ मा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ।

अहिले संसद भवनमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ। बैठकपछि मतगणना सुरु हुनेछ। काठमाडौं-१ को मतगणना आज राति ९ बजेदेखि सुरु गर्ने तयारी भइरहेको छ।

मतगणनाका लागि सुरक्षालगायत सबै तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने जानकारी पनि निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell