PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

ईश्वर पोखरेलको दाबी : परिणाम एमालेको पक्षमा आउँछ



पहिलोपोस्ट

 ईश्वर पोखरेलको दाबी : परिणाम एमालेको पक्षमा आउँछ

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा काठमाडौं क्षेत्र नं ५ प्रतिनिधिसभा सदस्यका उम्मेदवार ईश्वर पोखरेलले मतपरिणाम एमालेको पक्षमा आउने बताएका छन्।

चुनावी अभियानका क्रममा मतदाताहरूको उत्साहजनक उपस्थिति र सकारात्मक प्रतिक्रियाका कारण एमालेको पक्षमा मत परिणाम आउने विश्वास व्यक्त गरेका हुन्। उनले आज टोखा नगरपालिका-६ कार्यालयस्थित धापासी मतदान केन्द्रबाट मतदान गरेका थिए।

 पोखरेलले निर्वाचित भएपश्चात् काठमाडौं क्षेत्र नं ५ को विकाससँग सम्बन्धित रहेर जारी गरिएका २८ वटा प्रतिबद्धता पूरा गर्ने बताए। 

काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा कूल ७० हजार नौ सय १९ मतदाता छन्। यस निर्वाचन क्षेत्रमा ३१ वटा मतदान केन्द्र र ५० वटा मतदान उपकेन्द्र रहेका छन्। अहिले क्षेत्र ५ को मतपेटिका संकलन कार्य भइरहेको छ। सबै मतपेटिका टोखा ल्याएपछि सर्वदलीय बैठक बस्ने र मतगणना सुरु हुने बताइएको छ।

यस निर्वाचन क्षेत्रमा काठमाडौं महानगरपालिका, टोखा र बूढानीलकण्ठ नगरपालिकाभित्रका कूल १५ वटा वडा समेटिएका छन्। प्रदेशसभा १ तर्फ काठमाडौं महानगरको वडा २, ४ र ५ पर्दछन्। प्रदेशसभा २ तर्फ काठमाडौं महानगर-३, बूढानीलकण्ठ नगरभित्रका वडा नं ३, ४, ५, ६ र ७ तथा टोखा नगरपालिकाभित्रका वडा नं २, ३, ४, ५, ६ र ७ समेटिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell