PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

देवचुलीमा एसिड हालेर मतपेटिका जलाएपछि समानुपातिक तर्फ भोलि पुनः मतदान हुँदै



पहिलोपोस्ट

देवचुलीमा एसिड हालेर मतपेटिका जलाएपछि समानुपातिक तर्फ भोलि पुनः मतदान हुँदै

पोखरा : नवलपुरको देवचुली नगरपालिका-४ मा एक स्थानीयले मतपेटिकामा आगो लगाएपछि भोलि पुन: मतदान हुने भएको छ।

देवचुली ४ मा रहेको शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा स्थानीय नारायण भण्डारीले मतपेटीकामा एसिड हाल्दा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगो लागेको थियो।

मतपेटिकामा आगो लागेपछि भोलि बिहान प्रदेश समानुपातिकतर्फ पुन: मतदान हुने भएको हो। नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार मतपत्र जलेपछि भोलि बिहान ७ बजेबाट पुन: मतदान हुने भएको हो।

मतपेटिकामा आगो लगाएर भागेका स्थानीय भण्डारीलाई प्रहरीले दुई किलोमिटर टाढा पुगेपछि नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानमा उनले कुन एसिड प्रयोग गरे र मतदान केन्द्रभित्र कसरी एसिड लैजान सफल भए खुलेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell