PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

६१ प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान, रोकिएका १५ स्थानमा दुई दिनभित्र निर्वाचन



प्रकाश भण्डारी

६१ प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान, रोकिएका १५ स्थानमा दुई दिनभित्र निर्वाचन

काठमाडौंः निर्वाचन आयोगले विभिन्न कारणले स्थगित भएका १५ निर्वाचन केन्द्रको चुनाव दुई दिनभित्र सम्पन्न गर्न निर्देशन दिएको छ। मतदान केन्‍द्रको कब्जा, मतपेटिकामा क्षति पुर्‍याएका लगायतका कारणले स्थगन भएका स्थानमा मतदना प्रक्रिया पूर्ण गर्न आयोगले निर्देशन दिएको हो।

आइतकार साँझको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानस्थल कब्जा गर्नेलाई निर्वाचन कसुरमा कारबाही हुने बताए।

थपलियाले आजै रातिबाट काठमाडौं लगायतका स्थानमा गणना सुरु हुने पनि जानकारी दिए। हिमाली जिल्लाको भोलिबाट ढुवानी सुरु गर्ने पनि उनले बताए।

उनले ६१ प्रतिशत मतदान भएको बताए। अपेक्षाभन्दा कम मतदान भएको थपलियाको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell