PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

८ दिनमा मतगणना सम्पन्न गर्ने थपलियाको दाबी, भन्छन्, 'सन्तोषजनक मत खसेन'



पहिलोपोस्ट

८ दिनमा मतगणना सम्पन्न गर्ने थपलियाको दाबी, भन्छन्, 'सन्तोषजनक मत खसेन'

काठमाडौंः प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा सन्तोषजनक मत नखसेको बताएका छन्। प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि आयोगमा आयोजित पत्रकार सम्मेलनमा थपलियाले अपेक्षा भन्दा कम मत खसेको बताएका हुन्।

प्रारम्भिक आकलन अनुसार ६१ प्रतिशत मत खसेको छ। के कारणले कम मत खस्यो भन्ने कारण केलाउन नसकेको प्रमुख आयुक्त थपलियाले बताए। बिहानको समयमा सन्तोषजनक मत नखसेको उनले बताए।

प्रदेश १ मा सोचेभन्दा निकै कम मत खसेको उनको भनाइ थियो। त्यस्तै मधेश प्रदेशमा ६५ प्रतिशत मत खसेको जानकारी दिए।

थपलियाले ८ दिनभित्र सबै मतगणना सम्पन्न गर्ने दाबी गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell