PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मकवानपुरमा ५९ प्रतिशत मत खस्यो, मतगणना भोलिबाट सुरु हुने



पहिलोपोस्ट

मकवानपुरमा ५९ प्रतिशत मत खस्यो, मतगणना भोलिबाट सुरु हुने

हेटौंडाः प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा करिव ५६ प्रतिशत मत खसेको छ। कुल ३ लाख ७३३ मतदाता रहेको मकवानपुरमा १ लाख ७८ हजार २८२ मत खसेको हो।

जसमध्ये ८५ हजार ४००, ९२ हजार ८७७ पुरुष र अन्य ५ जनाले मतदान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए।

करिब ५९ प्रतिशत मत खसेको उनले बताए।

मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले मकवानपुर जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान कार्य सम्पन्न भएको बताए।

मतदान केन्द्रबाट अहिले मतपेटिका संकलन थालिएको छ। मतदान अधिकृत, सहायक अधिकृत, सहायकस्तरका कर्मचारी, प्रहरी र विभिन्न दलहरुका प्रतिनिधिसहित मतपेटिका ल्याउन थालिएको छ। निरौलाले रातिसम्म सबै केन्द्रबाट मतपेटिका संकलन गरिसक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell