PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

फिफा विश्वकपको भब्य उद्घाटन, पहिलो हाफमा इक्वेडरलाई दुई गोलको अग्रता



पहिलोपोस्ट

फिफा विश्वकपको भब्य उद्घाटन, पहिलो हाफमा इक्वेडरलाई दुई गोलको अग्रता
Photo: FIFA

फिफा विश्वकप २०२२ को कतारले भब्य उद्घाटन गरेको छ। उद्घाटनमा चर्चित ब्यान्ड विटीएस, कतारी कलाकारलगायतको प्रस्तुती रहेको थियो। उद्घाटन समारोहमा ४० हजारभन्दा बढी समर्थकहरुको उपस्थिति रहेको फिफाले जनाएको छ।

मध्यपूर्वमा अवस्थित मुस्लिम राष्ट्रमा पहिलो पटक हुन गइरहेको विश्वकप उद्घाटनको दिनसम्म आइपुग्दा विवाद र आलोचना झेलिरहेको छ। खासगरि मानव अधिकार र त्यहाँको कानुनलाई लिएर आलोचनाहरु भइरहेका छन्।

आलोचनाका बिच कतारले पू्र्वाधार निर्माण र प्रतियोगिताको भव्यताका लागि ठूलो लगानी गरेको छ।

इक्वेडरलाई अग्रता

विश्वकप फुटबलको उद्घाटन खेलको हाफ टाइमको समय सम्म इक्वेडरले अग्रता बनाएको छ। अल बायत स्टेडियममा सम्पन्न खेलमा इक्वेडरले पहिलो हाफमा आयोजक कतारविरुद्ध २-० गोलको अग्रता बनाएको हो। इक्वेडरका लागि दुबै गोल इन्नर भ्यालेन्सियाले गरे।

इक्वेडरले दबदबा बनाएको खेलको १६ औं मिनेटमा पेनाल्टीमा र ३१ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए। त्यसअघि खेलको पाँचौ मिनेटमा इक्वेडरको गोललाई रेफ्रीले मान्यता दिएका थिएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell