PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

कतारमाथि ऐतिहासिक जित निकाल्दै इक्वेडरको विश्वकपमा सानदार सुरुवात



पहिलोपोस्ट

कतारमाथि ऐतिहासिक जित निकाल्दै इक्वेडरको विश्वकपमा सानदार सुरुवात
Photo: FIFA

फिफा विश्वकप २०२२ को उद्घाटन खेलमा आयोजक कतारलाई हराउँदै इक्वेडरले सानदार सुरुवात गरेको छ। कतारस्थित अल बेयत स्टेडियममा सम्पन्न प्रतियोगितामा इक्वेडरले २-० गोलको विजयी सुरुवात गरेको हो।

विश्वकप फुटबलको उद्घाटन खेलको हाफ टाइमको समय सम्मै इक्वेडरले २-० अग्रता बनाएको थियो। इक्वेडरका लागि दुबै गोल इन्नर भ्यालेन्सियाले गरे।

६७ हजार ३७२ दर्शकका बीच इक्वेडरका लागि भ्यालेन्सियाले खेलको १६ औं मिनेटमा पेनाल्टीमा र ३१ औं मिनेटमा हेडरमार्फत गोल गरेका थिए। त्यसअघि खेलको पाँचौ मिनेटमा इक्वेडरको गोललाई रेफ्रीले मान्यता दिएका थिएनन्। विश्वकपको ९२ वर्षको इतिहासमा पहिलो पटक आयोजक राष्ट्र उद्घाटन खेलमै पराजित भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell