
काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं ७ काे मतगणना सुरु भएको छ। नयाँबजारस्थित जुडो हलमा आज बिहान बाट मतगणना सुरु भएको हो।
हिजो भएको निर्वाचन पछि सबै मतपेटिका संकलन गरेर जुडो हलमा ल्येइएको थियो । राती २:३० बजे बसेको सर्वदलीय बैठकले आज बिहान बाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो
यस क्षेत्र मा प्रतिनिधिसभा तर्फ २९ जना उम्मेदवार छन्।
यस्तै, काठमाडौं १ मा आज बिहान ८ बजे बाट मतगणना सुरु गर्ने तयारी भइरहेको छ। काठमाडौं १ काे मतगणना बानेश्वरमा रहेको संघीय संसद् भवनमा हुनेछ। काठमाडौं ३ काे मतगणना पनि बिहानै बाट हुनेछ। जोरपाटीमा रहेको चामुण्डा स्कूलमा क्षेत्र ३ काे मतगणना हुँदैछ।
काठमाडौंको अरु क्षेत्रको मतगणना पनि सर्वदलीय बैठक पछि हुनेछ।
काठमाडौं क्षेत्र नं. २ काे मतगणना थलीस्थित राधाकृष्ण मन्दिरमा र क्षेत्र नं. ४ काे चपलीमा रहेको ज्येष्ठ नागरिक भवनमा हुनेछ। क्षेत्र नं. ५ काे श्रीसमाज भवन, टोखामा मतगणना स्थलमा हुनेछ भने क्षेत्र नं. ६ काे धर्मस्थलीमा हुनेछ भने क्षेत्र नं. ८ काे डल्लुमा रहेको गितामाता स्कूलमा हुनेछ। यस्तै क्षेत्र नं. ९ काे नाथम कलेज, रविभवनमा र क्षेत्र नं. १० काे कीर्तिपुर स्थित त्रिवि स्मृति भवनमा हुनेछ।