PahiloPost

Jun 16, 2026 | २ असार २०८३

पर्वतमा मतगणनाको तयारी हुँदै



रासस

पर्वतमा मतगणनाको तयारी हुँदै
फाइल फोटो : रासस

पर्वत : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत पर्वतमा ५५ प्रतिशत मत खसेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार जिल्लाको सात पालिकामा ५५ प्रतिशत मत खसेको हो।

यसअनुसार बिहादी गाउँपालिकामा १० हजार नौ सय ९० मतमध्ये पाँच हजार सात सय ५१ मत खसेको छ भने जलजला गाउँपालिकामा १६ हजार चार सय ३२ मध्ये नौ हजार दुई सय २०, फलेवास नगरपालिकामा २३ हजार पाँच सय ६४ मध्ये १२ हजार एक सय ३२, कुश्मा नगरपालिकामा ३१ हजार आठ सय २० मध्ये १८ हजार एक सय ३, महाशिला गाउँपालिकामा आठ हजार तीन सय ८७ मध्ये चार हजार एक, मोदी गाउँपालिकामा १९ हजार आठ सय ३६ मध्ये १० हजार पाँच सय ७७ र पैञ्यु गाउँपालिकामा ११ हजार छ सय २० मध्ये छ हजार चार सय १९ मत खसेको हो।

जिल्लाको कूल मतदाता सङ्ख्या एक लाख २२ हजार छ सय १९ मध्ये ६६ हजार दुई सय ७३ मत खसेको छ। कार्यालयका प्रवक्ता राजु ढुङ्गानाका अनुसार जिल्लाका सबै मतदानस्थलबाट मतपेटिका सदरमुकाम आइसकेका छन्। बिहान सर्वदलीय बैठक आह्वान गरिएको र बैठक सकिएलगत्तै मतगणना पनि सुरु गर्ने तयारी गरिएको ढुङ्गानाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell