PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

काठमाडौं ३ को मतगणना चामुण्डा माविमा सुरु



पहिलोपोस्ट

काठमाडौं ३ को मतगणना चामुण्डा माविमा सुरु

काठमाडौं : प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ। चामुण्डा माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतगणना सुरु भएको हो।

एक हजार मतगणना सकिएपछि मतसङ्ख्याको जानकारी माइकिङमार्फत् दिइने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। समानुपातिकको पनि मतगणना सकेरमात्र यो क्षेत्रको निर्वाचनको प्रतिवेदन बुझाइने बताइएको छ।

काठमाडौं ३ मा ५८ हजार ८८९ मतदातामध्ये ३९ हजार १९६ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell