PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

ललितपुर क्षेत्र नम्बर २ मा १० हजार मत गन्दा कसले कति ल्याए?



पहिलोपोस्ट

ललितपुर क्षेत्र नम्बर २ मा १० हजार मत गन्दा कसले कति ल्याए?

काठमाडौंः ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा १० हजार ८८ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ। आज बिहान ५ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो परिणामअनुसार एमालेका प्रेमबहादुर महर्जनले दुई हजार नौसय ८० र नेकपा (एकीकृत समाजवादी)का कृष्णलाल महर्जनले एक हजार चारसय ७७ मत प्राप्त गरेका छन्।

यसैगरी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले दुई हजार चारसय ९७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले एक हजार चारसय ९० र राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवरराज थापाले एक हजार चारसय २७ मत र अन्यले दुई सय अठार मत प्राप्त गरेको दुई नम्बर क्षेत्रका निर्वाचन अधिकृत दीपशिखा मुनकर्मीले जानकारी दिए।

सो निर्वाचन क्षेत्रमा कूल ८१ हजार आठसय ९७ मतादाता रहेकोमा ५२ हजार आठसय ८२ मत खसेको छ। सातदोबाटोस्थित नेपाल तेक्वान्दो सङ्घको कार्यालयमा मतगणना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell