
काठमाडौं : काठमाडौं क्षेत्र नं ४ र ६ को मतगणना सुरु भएको छ।
काठमाडौं ४ को मतगणना चपलीस्थित नागरिक आरोग्य सेवा भवनमा र क्षेत्र ६ को धर्मस्थलीमा मतगणना सुरु भएको हो।
आइतवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा क्षेत्र ४ मा नेपाली कांग्रेसबाट गगन थापा र नेकपा एमालेबाट राजन भट्टराई प्रतिस्पर्धामा छन्। यस्तै, क्षेत्र ६ मा एमालेका सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।।