PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

भक्तपुर-२ मा दुर्लभ थापा र महेश बस्नेतमा को अगाडि ?



पहिलोपोस्ट

भक्तपुर-२ मा दुर्लभ थापा र महेश बस्नेतमा को अगाडि ?

काठमाडौं : भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता लिएका छन्। जारी मतगणनामा ५ हजार ९० मत गणना हुँदा दुर्लभले २ हजार २३१ मत पाएका छन्।

नेकपा एमालेका महेश बस्नेतले भने १ हजार ६३२ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट बस्नेत जितेका थिए।

यस्तै, नेपाली मजदुर किसान पार्टीबाट उम्मेदवार रहेकी अनुराधा थापा मगरले २४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले २३२ मत पाएका छन्।

भक्तपुर २ को मत कृषि विकास बैंक तालिम केन्द्रमा भइरहेकमो छ। राति २ बजेबाट मतगणना सुरु भएको हो। प्रतिनिधिसभासँगै प्रदेश र समानुपातिकतर्फको मतगणना पनि जारी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell