PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

काठमाडौं ८ मा विराजभक्तको अग्रता, सुमनले पछ्याउँदा जीवनराम भने चौथौ



पहिलोपोस्ट

काठमाडौं ८ मा विराजभक्तको अग्रता, सुमनले पछ्याउँदा जीवनराम भने चौथौ

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म २ हजार मतगणना भइसकेको छ। प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्।

काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा गणना भइरहेका छन्।

विराजभक्त श्रेष्ठले ६०७ मत ल्याउँदा लौरो चुनाव चिह्नमा निर्वाचन लडेका सुमन सायमिले ५९१ मत ल्याएका छन्। नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ३०४ मत पाएका छन्।

यो क्षेत्रबाट २०७४ सालको निर्वाचनमा जीवनराम श्रेष्ठले जितेका थिए। यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका जीवनरामले हालसम्मको गणनामा भने २१३ मत पाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell