PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

'उचाई' ले नेपालमा कमायो २ करोड ८५ लाख



पहिलोपोस्ट

'उचाई' ले नेपालमा कमायो २ करोड ८५ लाख

काठमाडौं : ११ नोभेम्बरमा रिलिज भएको बलिउड फिल्म ‘उचाई’ ले नेपालमा राम्रो व्यापार गरिरहेको छ। सकारात्मक समीक्षा र माउथ पब्लिसिटीले नेपालमा दिनप्रतिदिन फिल्ममा दर्शकको संख्या बढ्दै गइरहेको हल संचालकहरु बताउँछन्।

नेपालमा समेत छायांका गरिएको यस फिल्मले बिस्तारै राम्रो पिकअप लिइरहेको वितरक राजन पुरीले जानकारी दिए। उनका अनुसार यस फिल्मले हालसम्म नेपालमा २ करोड ८५ लाख रुपैयाँ ग्रस कलेक्सन छ।

‘फिल्मले हालसम्म २ करोड ८५ लाख रुपैयाँ कलेक्सन गरिसकेको छ। सुरुमा कम शो पाएको उचाईलाई अहिले दर्शकको साथ राम्रो छ। माउथ पब्लिसिटीका कारण हलहरुले पनि फिल्मलाई शो थपिरहेका छन्,’ पुरीले भने।

हिजो आइतवार चुनावका कारण हल बन्द हुँदा फिल्महरु रिलिज भएनन्। तर, आज हल खुलेसँगै देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले उचाई लाई २५ शो दिएको छ। त्यसैगरि, बिग मुभिजले ४ शो, वान सिनेमाजले ५ शो दिएका छन्।

सुरज वर्जत्य निर्देशित फिल्मले चार मिल्ने साथीहरूको मित्रताको कथालाई समेटेको छ। फिल्ममा अमिताभका साथै अनुपम खेर, बोमन इरानी, ड्यानी डोन्जोङ्पा लगायत परिणिती चोपडा र सारिका हसनको पनि महत्त्वपूर्ण भूमिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell