PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मोरङमा सुरु भयो मतगणना, क्षेत्र ३ को भगवती मावि बेलबारीमा गणना हुँदै



पहिलोपोस्ट

मोरङमा सुरु भयो मतगणना, क्षेत्र ३ को भगवती मावि बेलबारीमा गणना हुँदै

विराटनगर : आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना मोरङमा सुरु भएको छ।

विराटनगरस्थित आदर्श विद्यालयमा सोमबार १:४५ बजेदेखि मोरङको क्षेत्र नम्बर ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना सुरु गरिएको हो।

त्यस्तै, क्षेत्र नम्बर ३ को भगवती मावि बेलबारीमा मतगणना सुरु भएको छ। क्षेत्र नम्बर १ र २ मा गणनाको तयारी भइरहेको बताइएको छ।

निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार प्रत्येक निर्वाचन क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरि ४ ठाउँबाट मतगणना सुरु गरिएको हो।

सूचना अधिकारी बुढाथोकीले सोमबार बिहान भएको सर्वदलीय सहमतिका आधारमा मतगणना थालनी गरिएको छ।

मोरङमा ६६.२२ प्रतिशत मतदान भएको थियो। मोरङमा कुल ७ लाख ३५ हजार ५२५ मतदाता छन्। तिनमा ४ लाख ८७ हजार ४७ मत खसेको छ।

जसअनुसार मोरङ क्षेत्र नं. १ मा ६१.५२, २ मा ६४.२३, ३ मा ६५.८, ४ मा ६७.७२, ५ मा ७२.६१ र ६ मा ६७.७१ प्रतिशत मतदान भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell