PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

मतगणना चल्दै गर्दा गगन भने फिल्म हलमा



पहिलोपोस्ट

मतगणना चल्दै गर्दा गगन भने फिल्म हलमा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं ४ बाट उम्मेदवार रहेका गगन थापा फिल्म हल पुगेका छन्। यसअघि चुनावी दौडधुपमा व्यस्त गगन मतगणना चल्दै गर्दा दरबारमार्गस्थित दरबार सिनेम्याक्समा श्रीमती डा अन्जना केसीसँगै देखिएका हुन्।

‘धेरै दिनको दौडधुप पछि आजको फुर्सद!’ लेख्दै थापाले आफ्नो फेसबुकमा फोटो सेयर गरेका छन्।

काठमाडौं ४ मा थापाले प्रतिस्पर्धी एमालेका डा राजन भट्टराईलाई उछिनेर अग्रता कायम राखेका छन्। पछिल्लो अपडेटअनुसार काठमाडौं ४ मा गगनले दुई हजार २६

मत पाउँदा उनका प्रतिस्पर्धी भट्टराईले एकहजार ५८२ मत पाएका छन्। उनको सचिवालयका अनुसार अघिल्लो निर्वाचनमा पनि मतगणनाको समयमा गगन फिल्म हेर्न पुगेका थिए।

दरबार सिनेम्याक्स्मा अहिले हिन्दी फिल्म दृश्यम – २ र नेपाली फिल्म महापुरुष चलिरहेको छ। दुबै हल हाउसफुल रहेको सिनेम्याक्सले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell