PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

'दृश्यम २' को तीनदिनको व्यापार कति?



पहिलोपोस्ट

'दृश्यम २' को तीनदिनको व्यापार कति?

बलिउड अभिनेता अजय देवगन अभिनित फिल्म 'दृश्यम २' ले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ। गत शुक्रवारदेखि प्रदर्शन भएको यस फिल्मले भारतमा तीनदिनमा ६४ करोड १४ लाख भारतीय रुपैयाँको व्यापार गरेको छ।

यस फिल्मले भारतभरि बक्सअफिसमा तीनदिनमा ६४ करोड १४ लाख ग्रस कलेक्सन भारतीय समीक्षक तरण आदर्शले उल्लेख गरेका छन्।

रिलिजको पहिलो दिन कूल १५.३८ करोड कलेक्सन गरेको दृश्यम २ ले शनिबार २१.५९ करोडको व्यापार गरेको थियो। त्यस्तै, आइतवार भने फिल्मले २७.१७ करोड भारतीय रुपैयाँ कमाएको थियो। शुक्रवारभन्दा ‘दृश्यम २’ को व्यापारमा शनिबार ४०.३८ प्रतिशत र आइतबार २५.८५ प्रतिशत वृद्धि भएको छ।

यो फिल्म दक्षिण भारतीय हिट फिल्म ‘दृश्यम’ र ‘दृश्यम २’ को हिन्दी रिमेक हो। ‘दृश्यम’ को हिन्दी रिमेक सन् २०१५ मा रिलिज भएको थियो। अभिषेक पाठक निर्देशित यस हिन्दी रिमेकको सिक्वेलमा अजयसँगै अक्षय खन्ना, तब्बु, श्रीया सरन, इशिता दत्त, मृणाल जाधव, रजत कपूरलगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell