PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

मकवानपुर-१ मा डिनाको अग्रता, कमल थापा दोस्रो



पहिलोपोस्ट

मकवानपुर-१ मा डिनाको अग्रता, कमल थापा दोस्रो

हेटौंडा : मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर-१ को हालसम्म १ हजार ३३५ मत गणना गर्दा सत्ता गठबन्धनतर्फकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले सुरुवाती अग्रता लिएकी छिन्।

१ हजार ३३५ मतगणना हुँदा नेपाली कांग्रेसकी सहमहामन्त्री समेत रहेकी उनले ७८६ मत प्राप्त गरेकी हुन्।

त्यस्तै, नेकपा एमालेको चुनाव चिह्न सूर्यबाट उठेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले ३५० मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले ५० मत पाएका छन्।

अहिले वाग्मती गाउँपालिका वडा नम्बर-४ को झुरझुरेको मत गणना भइरहेको छ। यस पटकको निर्वाचनमा छुट्टाछुट्टै चिह्नमा प्राप्त भएको मतलाई छुट्टाछुट्टै स्थानमा राखेर पालैपालो गणना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell