PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मुस्ताङमा कांग्रेसको क्लिन स्विप : प्रतिनिधिसभामा योगेश जित्दा प्रदेशको दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित



पहिलोपोस्ट

मुस्ताङमा कांग्रेसको क्लिन स्विप : प्रतिनिधिसभामा योगेश जित्दा प्रदेशको दुबै क्षेत्रमा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार मुस्ताङमा कांग्रेसले 'क्लिन स्विप' गरेको छ। प्रतिनिधिसभामा कांग्रेसका योगेश गौचन थकालीले जित निकालेका छन्। एमालेका प्रेमप्रसाद गौचनलाई पराजित गर्दै २९ वर्षीय योगेशले संसदको यात्रा तय गरेका हुन्। गौचनले ३ हजार ९९२ मत ल्याउँदा तुलाचनले ३ हजार ७८ मत पाए।

यसैगरि, प्रदेश 'क'मा कांग्रेसका नम्डु गुरुङ निर्वाचित भएका छन्। गुरुङ एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्दै प्रदेशसभाका लागि निर्वाचित भएका हुन्। नम्डुले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधाराले ७९३ मत पाए। विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए।

प्रदेश 'ख'मा कांग्रेसका विकल शेरचन निर्वाचित भएका छन्। एमालेका चन्द्रमोहन गौचनलाई पराजित गर्दै शेरचन प्रदेशसभामा निर्वाचित भएका हुन्। प्रदेश 'ख' को औपचारिक घोषणा भने भइसकेको छैन। विकल कोरियाबाट फर्केर राजनीतिमा जोडिएका हुन्।

कांग्रेसकै कान्छा उम्मेदवारले खोले प्रतिनिधिसभा निर्वाचनमा जितको पहिलो खाता



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell