PahiloPost

Jun 26, 2026 | १२ असार २०८३

भक्तपुर-२ मा महेश बस्नेतलाई पछि पार्दै अग्रता बढाए दुर्लभ थापाले



पहिलोपोस्ट

भक्तपुर-२ मा महेश बस्नेतलाई पछि पार्दै अग्रता बढाए दुर्लभ थापाले

काठमाडौं : भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम राखेका छन्। जारी मतगणनामा १० हजार४३६ मत गणना हुँदा दुर्लभले ४ हजार ११९ मत पाएका छन्।

नेकपा एमालेका महेश बस्नेतले भने ३ हजार ६८४ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट बस्नेत जितेका थिए।

यस्तै, नेपाली मजदुर किसान पार्टीबाट उम्मेदवार रहेकी अनुराधा थापा मगरले ८४६, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ६३५ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसीले ४५० मत पाएका छन्।

भक्तपुर २ को मत कृषि विकास बैंक तालिम केन्द्रमा भइरहेको छ। राति २ बजेबाट मतगणना सुरु भएको हो। प्रतिनिधिसभासँगै प्रदेश र समानुपातिकतर्फको मतगणना पनि जारी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell