काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ८ मा हालसम्म ४ हजारभन्दा बढी मतगणना भइसकेको छ। प्रारम्भिक मतगणनामा हाम्रो नेपाली पार्टीका सुमन सायमिले अग्रता लिएका छन्। लौरो चुनाव चिह्नमा लडेका उनले १ हजार ३३७ मत पाएका छन्।
यस्तै, सुरुवातमा अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ दोस्रोमा छन्। उनले १ हजार ९१ मत पाएका छन्।
काठमाडौं-८ का मतपेटिकाहरु डल्लुस्थित गितामाता स्कुलमा गणना भइरहेका छन्।
सोही क्षेत्रबाट नेकपा एमालेका शिवसुन्दर राजवैद्यले ५८७ मत पाएका छन्। काठमाडौं- ८ बाट २०७४ सालको निर्वाचनमा जीवनराम श्रेष्ठले जितेका थिए। यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार रहेका जीवनरामले हालसम्मको गणनामा भने ४१७ मत पाएका छन्।