PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

'बीर विक्रम २' को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक



पहिलोपोस्ट

'बीर विक्रम २' को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक

नेपाली फिल्म ‘बीर विक्रम २’ को हिन्दी भर्सनको ट्रेलर सार्वजनिक भएको छ। मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको फिल्मको हिन्दी भाषाको ट्रेलरलाई ओएसआर इन्टरनेसनल अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार खोज्ने र थप आम्दानीको बाटो बनाउने उदेश्यका साथ हिन्दी भाषामा डबिङ गरिएको ओएसआर डिजिटलका संचालक ओम प्रकाश अग्रवाल बताए। यो फिल्म मंसीर १५ गते ओएसआर इन्टरनेसनलको अफिसियल युट्युब च्यानलमा रिलिज हुनेछ।

वि.सं २०७६ सालमा रिलिज भएको यस फिल्मले बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथा भन्छ। फिल्ममा पल शाह,वर्षा शिवाकोटी,नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी,क्षितिज सुबेदी खत्री लगायतको अभिनय छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell