PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

भक्तपुर २ मा दुर्लभ अघि अघि, महेश पछि पछि



पहिलोपोस्ट

भक्तपुर २ मा दुर्लभ अघि अघि, महेश पछि पछि

काठमाडौं : भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता कायम राखेका छन्। जारी मतगणनामा १५ हजार मत गणना हुँदा दुर्लभले ६ हजार १८४ मत पाएका छन्।

नेकपा एमालेका महेश बस्नेतले भने ५ हजार ५०९ मत पाएका छन्। २०७४ सालको निर्वाचनमा यो क्षेत्रबाट बस्नेत जितेका थिए।

यस्तै, नेपाली मजदुर किसान पार्टीबाट उम्मेदवार रहेकी अनुराधा थापा मगर तेस्रो स्थानमा, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विक चौथो र राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहन केसी पाँचौ स्थानमा छन्।

भक्तपुर २ को मत कृषि विकास बैंक तालिम केन्द्रमा भइरहेको छ। राति २ बजेबाट मतगणना सुरु भएको हो। प्रतिनिधिसभासँगै प्रदेश र समानुपातिकतर्फको मतगणना पनि जारी छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell