PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

इन्डोनेसियामा ५.६ म्याग्नेच्युडको भूकम्प, ४६ जनाको मृत्यु



पहिलोपोस्ट

इन्डोनेसियामा ५.६ म्याग्नेच्युडको भूकम्प, ४६ जनाको मृत्यु
Photo : BNPB Indonesia

काठमाडौं : इन्डोनेसियामा भूकम्प जाँदा ४० जना भन्दा बढीको मृत्यु भएको छ। ५.६ म्याग्नेच्युडको भूकम्पको केन्द्रविन्दु सिनजुर शहरमा रहेको थियो। भूकम्पमा ४६ जनाको मृत्यु भएको सो शहरका प्रमुख हरमन सुहेरमानले बताएका छन्।

भूकम्पको कम्पन राजधानी जकार्तासम्म महसुस गरिएको थियो। केन्द्रविन्दु निकै बाक्लो जनघनत्व रहेको क्षेत्रमा रहेकोले क्षति धेरै भएको बताइन्छ।

अधिकारीहरुले मृतकको संख्या बढ्न सक्ने र परकम्प आउन सक्ने चेतावनी दिँदै सबैलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

अहिले भूकम्प प्रभावित क्षेत्रमा उद्दार कार्य भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell