PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

पर्सामा मतगणना जारी : कस्तो छ ४ वटा निर्वाचन क्षेत्रको माहोल?



पहिलोपोस्ट

पर्सामा मतगणना जारी : कस्तो छ ४ वटा निर्वाचन क्षेत्रको माहोल?

वीरगंज : पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी छ। आज बिहान ८ बजे सर्वदलीय बैठक सम्पन्न गरि ४ वटै निर्वाचन क्षेत्रमा मतगणना भइरहेको पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए।

पर्साको १ र २ को मतगणना वीरगंजस्थित ठाकुरराम बहुमखी क्याम्पस प्रगतिनगरमा भइरहेको छ। क्षेत्र नं ३ र ४ को मतगणना पोखरीयास्थित जिल्ला उचाङग नमुना माविमा भइरहेको उनले बताए। पर्सामा ४ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन्।

पर्सा २ को प्रदेशसभा निर्वाचन क्षेत्र १ मा नेपाली कांगेसका श्याम पटेलले अग्रता लिएका छन्। १ हजार ३३३ मत गणना हुँदा पटेलले ६१६ मत ल्याएका छन् भने उनलाई जनता समाजवादी पार्टीका पर्सा अध्यक्ष रामनरेश यादवले प्रदेशसभामा पछयाइरहेका छन्। उनले ४७६ मत ल्याएका छन्। पर्साको १ ,३ र ४ को अहिले प्रारम्भिक मतको रझान बारे अपडेट आएको छैन।

पर्सामा समग्रमा ६८ दशमलव ८९ प्रतशत मत खसेको छ। पर्सा १ मा ७७ हजार ६८९, पर्सा २ मा ८६ हजार ९६६ र पर्सा ३ मा ९० हजार ४६६ र पर्सा ४ मा ९० हजार ८५१ गरि कूल ३ लाख ३४ हजार ९६२ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

पर्सामा कूल ४१२ मतदानस्थल र २ अस्थायी मतदान स्थल छन्। प्रतिनिधिसभातर्फ पर्सा १ मा जनता समाजवादी पार्टीका प्रदिप यादव, लोकतान्त्रिक समाजवादी पार्टीका लक्षमणलाल कर्ण र स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीबिच प्रतिस्पर्धा भइरहेको छ। क्षेत्र नं २ मा जसपाका सुरेन्द्रप्रसाद कुर्मी र नेपाली कांग्रेसका अजयकुमार चौरसिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरेशकुमार साह, ३ मा एमालेका राजकुमार गुप्ता, कांग्रेसका सुरेन्द्रप्रसाद चौधरी र ४ मा कांग्रेसका रमेश रिजाल र एमालेका जालिम मियाँबिच कडा प्रतिस्पर्धा भएको आंकलन छ।

त्यसैगरि,प्रदेशसभातर्फ मुख्यगरl पर्सा १ को 'क'मा माओवादीका रहबर अन्सारी, एमालेका विचारी यादव, स्वतन्त्र उम्मेदवार द्वय जन्नत अन्सारी र सुधीर पटेल र पर्सा १ को 'ख' मा जसपाका उम्मेदवार एवं मुख्यमन्त्री लालबाबु राउत, कांग्रेसका रामनारायण प्रसाद कुर्मी, हाम्रो नेपाल पार्टीका ओमप्रकाश सर्राफ, स्वतन्त्रका शशीकपुर मियाँबिच प्रतिस्पर्धा हुने देखिएको छ।

पर्सा २ को 'क'मा कांग्रेसका श्याम पटेल, जसपाका रामनरेश यादव, २ को 'ख'मा लोसपाका निर्वतमान प्रदेश सांसद रमेश कुर्मी, एमालेका हरेराम पटेल, स्वतन्त्रमा करिमा बेगम, रुपेशमान सिंह, मुकेश द्विवेदी, राप्रपाका परमानन्द साह कानुबिच प्रतिस्पिर्धा हुनेछ।

त्यसैगरि, पर्सा ३ को 'क'मा एमालेका मन्जुर अन्सारी, माओवादी केन्द्रका छोटेलाल यादव, स्वतन्त्रबाट प्रमोद जैसवाल, नीर गिरी, चन्द्रशेखर चौधरी र ३ को 'ख'मा जसपाकी मधु गुप्ता, कांग्रेसका जनार्दशनसिंह क्षेत्र, एकीकृत समाजवादीका प्रहलाद गिरी र स्वतन्त्र उम्मेदवार रामबाबु यादवबिच प्रतिस्पर्धा हुनेछ।

पर्सा ४ को 'क'मा शंकर चौधरी, एमालेका जयप्रकाश थारु र पर्सा ४ को 'ख'मा जसपाका सिगाहसन साह कलवार, माओवादीकी शेखचान्द तारा, स्वतन्त्र उम्मेदवार प्रहलाद साह कानुबिचच कडा प्रतिस्पर्धा हुने अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell