PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

१ हजार १२६ मत गणना हुँदा रवि लामिछानेले ल्याए ८७ मत, कृष्णभक्त पोखरेलको अग्रता कायमै



पहिलोपोस्ट

१ हजार १२६ मत गणना हुँदा रवि लामिछानेले ल्याए ८७ मत, कृष्णभक्त पोखरेलको अग्रता कायमै

काठमाडौं : चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्।

१ हजार १२६ मतको गणना हुँदा पोखरेलले ५५४ मत पाएका छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठले भने हालसम्म ३९७ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले भने हालसम्म ८७ मत ल्याएका छन्। 

चितवन-२ मा ८४ हजार ३१५ मत खसेकोमा हालसम्म १ हजार १२६ को गणना भएको छ। अहिले इच्छाकामना वडा नम्वर १ को हात्तिवाङ र भाराङको मत गणना भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell