PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मोरङ-६ मा शेखर कोइरालाको अग्रता



पहिलोपोस्ट

मोरङ-६ मा शेखर कोइरालाको अग्रता

विराटनगर : मोरङको क्षेत्र नम्बर ६ को मतगणनामा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला अगाडि देखिएका छन्।

सोमबार सुरु भएको मतगणनाको प्रारम्भमा डा. कोइराला एमालेका लालबाबु पण्डितभन्दा अगाडि भएका हुन्।

हालसम्म गणना गरिएको १ हजार ६ सय मतमा डा. कोइरालाले ६८४ मत हासिल गरेका छन्। उनलाई एमालेका पण्डितले ५१७ मतले पछ्याएका छन्।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका यादवराज प्रधानले १४२ र राष्ट्रिय प्रजातन्त्र पार्टीका गोपाल क्षेत्रीले ७९ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell