
विराटनगर : मोरङको क्षेत्र नम्बर ४ मा लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदीले अग्रता कायम गरेका छन्।
सोमबार अपराह्न सुरु भएको मतगणनामा हालसम्म २ हजार १४४ मत गणना भइसकेको छ। मोदीले १ हजार १४८ मत पाएका छन्। उनलाई नेकपा एमालेका विनोद ढकालले ६३१ मतले पछ्याएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रवि रिजालले १०१ मत ल्याएका छन्।