फिफा विश्वकप २०२२ अन्तर्गत आज सम्पन्न समूह 'बी'को खेलमा इङ्ग्ल्याण्डले इरानलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले ६-२ गोलको फराकिलो जित निकालेको हो।
इङ्ग्ल्याण्डको जितमा बुकायो साकाले दोहोहो गोल गर्दा जुड बेलिङ्घम, रहीम स्ट्रलिङ, मार्कस रासफोर्ड र ज्याक ग्रिलिसले समान एक गोल गरे। खेलको ३५ औं मिनेटमा बेलिङ्घमको गोलमा इङ्ग्ल्याण्डले अग्रता बनाएको थियो। ४३ औं मिनेटमा साकाले अग्रता दोब्बर बनाउँदा पहिलो हाफको इन्ज्युरी समयमा रहिम स्ट्रलिङले गोल थपे।
दोस्रो हाफमा साकाले नै आफ्नो ब्यक्तिगत दोस्रो तथा इङ्ग्ल्याण्डको चौथो गोल गरे। उनले ६२ औं मिनेटमा गोल गर्दा इरानका मेहदी तरेमीले ६५ औं मिनेटमा गोल फर्काए। तर, खेलमा फर्कन इरानलाई तरेमीको गोल पर्याप्त बन्न सकेन। खेलको ७१ औं मिनेटमा रासफोर्ड र ८९ औं मिनेटमा ग्रिलिसले गोल उल्टै इङ्ग्ल्याण्डका लागि गोल थप्दै आधा दर्जन गोल पुरा गरे। तरेमीले नै फेरि इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल फर्काएका थिए।
जितसँगै इङ्ग्ल्याण्डले जितसँग विश्वकपमा सुखद सुरुवात गरेको छ। समूह बी मा इरान र इङ्ग्ल्याण्डसँगै वेल्स र अमेरिका छन्।