
काठमाडौं : सत्तारुढ गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै ललितपुर २ मा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन्। 'कुल सदर मत ५१ हजार तीन सय ५५ मध्ये नेकपा एमालेका प्रेमबहादुर महर्जनले १५ हजार २५ मतसहित विजय हासिल गर्नुभएको हो', मुनाकर्मीले भने।
सत्ता गठबन्धनका उम्मेदवार कृष्णलाल महर्जन चौथो बनेका छन्। कृष्णलाल एकीकृत समाजवादीका तर्फबाट मैदानमा थिए।