PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

मतगणनाको प्रारम्भिक रुझानः दोस्रो तहका अधिकांश नेता पछाडि, कसको के छ अवस्था?



पहिलोपोस्ट

मतगणनाको प्रारम्भिक रुझानः दोस्रो तहका अधिकांश नेता पछाडि, कसको के छ अवस्था?

काठमाडौंः प्रतिनिधि सभाको मतगणना जारी छ। जारी मतगणनामा अहिलेसम्म कांग्रेसको अग्रता छ। यो समाचार तयार पार्दासम्म कांग्रेसले प्रतिनिधि सभामा २ स्थानमा जित हासिल गरेको छ। कांग्रेसलाई पछ्याइरहेको एमालेले एक स्थानमा जित हासिल गरेको छ। 

कांग्रेसले प्रतिनिधि सभामा मुस्ताङ र मनाङमा जित हासिल गरेको छ। यी दुबै क्षेत्र यसअघिको चुनावमा एमालेले जितेको थियो। मुस्ताङमा योगेश गौचन र मनाङमा टेकबहादुर गुरुङ विजयी भएका छन्। 

एमालेले ललितपुर २ मा जित हात पारेको छ। एमालेका प्रेमबहादुर महर्जनले जित हासिल गरेका हुन्। हाम्रो नेपाल पार्टीका सुदिन शाक्यलाई पराजित गर्दै महर्जन विजयी भएका हुन्। 

स्थानीय तहको मतपरिणाममा सत्ता गठबन्धन अघि भए पनि एमालेका उम्मेदवार महर्जनले जित हासिल गरेका हुन्। सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जन उम्मेदवार थिए। महर्जन यसअघि सोही क्षेत्रका एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। 

कसको कहाँ के छ अवस्था?
जारी मतगणनामा प्रमुख दलका शीर्ष नेतामध्ये धेरै पछाडि छन्। 

]एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अग्रता छ। 

समाजवादीकै सम्मानित नेता झलनाथ खनाल, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय सुवास नेम्वाङ तथा विष्णु पौडेल पनि पछि छन्। एमाले महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायत पनि गणनामा पछि छन्। पूर्वसभामुख ओनसरी घर्ती पनि काठमाडौं २ मा पछि हुनुहुन्छ। 

ललितपुर ३ मा माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसाल पनि पछि परेकी छन्। उनको क्षेत्रमा एमाले र स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा छ। भुसाल तेस्रो स्थानमा छिन्। 

खनालको क्षेत्रमा एमालेका महेश बस्नेत अघि छन्। बस्तेनले एक हजार २५८ मत पाउँदा खनालले एक हजार ४१ मत पाएका छन्। 

महासचिव पोखरेलको क्षेत्रमा माओवादी केन्द्रकी रेखा शर्माले तीन हजार ६७३ मत पाउँदा पोखरेलले दुई हजार ६५३ मत पाएका छन्। यस्तै, एमाले सचिव भट्ट कांग्रेस उम्मेदवार वीरबहादुर बलायरसँग पछि छन्। बलायरले ७०३ मत पाउँदा भट्टले ६०५ मत पाएका छन्। 

उपाध्यक्ष पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँग पछि परेका छन्। स्वतन्त्रका उम्मेदवारले एक हजार ९६ मत पाउँदा उपाध्यक्ष पौडेलले ९६४ मत पाएका छन्। 

यस्तै, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल काग्रेस उम्मेदवार प्रदीप पौडेलभन्दा पछि छन्। पौडेलले एक हजार ३१८ मत पाउँदा पोखरेलले ९५२ मत पाएका छन्। 

यस्तै, पूर्वसभामुख घर्तीले ४७८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले ७४४ मत पाएकी छन्। 

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि मतपरिणाममा पछि छन्। 

यादवलाई जनमत पार्टीका सिके राउतले पछि पारेका छन्। राउतले चार हजार ६२० मत पाउँदा यादवले एक हजार ९३६ मत पाएका छन् ।  यस्तै, एमालेबाट चुनाव लडिरहेका कमल थापा पनि पछि छन्। कांग्रेस उम्मेदजार महालक्ष्मी उपाध्यक्षसँग थापा पछि परेका हुन्।, थापाले एक हजार १३४ मत पाउँदा उपाध्यायले एक हजार ८९४ मत पाएकी छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell