PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

बराबरीमा रोकिए वेल्स र अमेरिका



पहिलोपोस्ट

बराबरीमा रोकिए वेल्स र अमेरिका
Photo: Getty Images

फिफा विश्वकप अन्तर्गत मंगलवार सम्पन्न समूह 'बी' को खेलमा अमेरिका र वेल्स बराबरीमा रोकिएका छन्। कतारस्थित अल रायन स्टेडियममा सम्पन्न खेलमा अमेरिका र वेल्स १-१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलको ३६ औं मिनेटमा टिमोथी वेहको गोलमा अमेरिकाले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले पछि परेको वेल्सलाई कप्तान ग्यारिथ बेलले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै बराबरीमा ल्याए। उनले खेलको ८२ औं मिनेटमा अमेरिकी कप्तान वाल्कर जिमरम्यानले खराब ट्याकल गरेपछि वेल्सले पेनाल्टीको अवसर पाएको थियो।

समूह 'बी' मा वेल्स र अमेरिकासँगै इरान र इङ्ग्ल्याण्ड छन्। सोमवार सम्पन्न खेलमा इङ्ग्ल्याण्डले इरानलाई हराउँदै सुखद सुरुवात गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell