PahiloPost

Aug 17, 2025 | १ भदौ २०८२

प्रकाशमान सिंहको चौथो पटक संसदमा इन्ट्री



रासस

प्रकाशमान सिंहको चौथो पटक संसदमा इन्ट्री

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं १ बाट लगातार चौथो पटक विजयी भएका छन्। प्रजातन्त्रका योद्धा तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर लौहपुरुष गणेशमान सिंहका छोरा प्रकाशमानले बुबाको राजनीतिक विरासतलाई कायम राख्दै आएका छन्।

सिंह यसअघि २०६४, २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। कांग्रेसको साधारण सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका सिंह नेपाली कांग्रेसको काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापतिसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छन्।

सिंह यस निर्वाचनमा सात हजार एक सय ४० मत ल्याएर विजयी भएका हुन्। सिंह उनका प्रतिस्पर्धी रवीन्द्र मिश्रभन्दा एक सय २९ मतले अगाडि रहँदै निर्वाचित भएका हुन्। मिश्रले सात हजार ११ मत ल्याएका छन्। अघिल्लो निर्वाचन २०७४ सालमा पनि सिंहले मिश्रलाई नै पराजित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell